पाँचौं संस्करणको फुलवारी महोत्सव भव्य रूपमा उद्घाटन, फागुन १० गते अर्जुन सापकोटाको प्रस्तुती

धनगढी, फागुन ९ – धनगढीको फुलवारीमा पाँचौं संस्करणको फुलवारी महोत्सव भव्य रूपमा उद्घाटन गरिएको छ। फुलवारी स्पोर्टस् युवा क्लबको आयोजनामा फुलवारी एच गाउँ नवबुद्ध स्पोर्ट्स क्लबको खेल मैदानमा आयोजित महोत्सवको उद्घाटन पूर्व मन्त्री तथा सांसद प्रकाश देउवाले गरेका हुन्।

फागुन १८ गतेसम्म चल्ने महोत्सवको उद्घाटन सत्रमा विभिन्न समुदायका झाँकी नृत्य, विद्यालयका नृत्य तथा मार्च पास प्रदर्शन गरिएको थियो। लोकदोहोरी गायिका उमा देवी खनालको विशेष प्रस्तुति समेत रहेको कार्यक्रममा विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको छ।

१०८ पटक रक्तदान गरी महत्वपूर्ण योगदान पुर्याउने रक्तदाता तथा पत्रकार दीपक प्रसाद उपाध्याय, सामाजिक तथा स्वास्थ्य क्षेत्रमा योगदान दिने निर्सग हस्पिटल एण्ड रिसर्च सेन्टरका अध्यक्ष तिर्थराज पन्त, सामाजिक तथा शैक्षिक क्षेत्रमा विशेष योगदान पुर्याउने भीम पडाल र युवा व्यवसायी दिपेन्द्र भट्टलाई विशेष सम्मान प्रदान गरिएको छ।

महोत्सवको पहिलो दिन निशुल्क प्रवेश दिइएको थियो भने भोलि फागुन १० गतेबाट विद्यार्थीका लागि ६० रुपैयाँ र सर्वसाधारणका लागि १०० रुपैयाँ टिकट दर निर्धारण गरिएको छ। महोत्सवको दोस्रो दिन चर्चित गायक तथा सर्जक अर्जुन सापकोटा, गायिका उमा देवी खनाल लगायत स्थानीय कलाकारको विशेष प्रस्तुति रहनेछ।

महोत्सवमा रमाइला मेला, विभिन्न व्यापारिक स्टलहरू तथा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको सांगीतिक प्रस्तुति मुख्य आकर्षणका रूपमा रहनेछन्।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै