
टीकापुर । अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा Amnesty International Kailali Youth Network (AIKYN) तथा टीकापुर नगरपालिकाको सहकार्यमा “मातृभाषाको महत्त्व” विषयक नगरस्तरीय अन्तरविद्यालय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
कार्यक्रमको मुख्य उद्देश्य मानिसले आफ्नो मातृभाषा बोल्न पाउने अधिकारको प्रवर्द्धन गर्नु तथा मातृभाषाको संरक्षण र महत्वबारे जनचेतना फैलाउनु रहेको थियो।
कार्यक्रममा AIKYN की संयोजक आशिका पनेरुले सभाध्यक्षता गरिन् भने प्रमुख अतिथिका रूपमा टीकापुर नगरपालिकाकी बिना कुमारी पौडेल उपस्थित थिइन्। साथै, सुदूरपश्चिम विश्वविद्यालयका Faculty of Agriculture का Assistant Professor प्रेम पाण्डे र कर्णाली माध्यमिक विद्यालयका संयोजक हरिस राज अवस्थी विशेष अतिथि रहेका थिए।
टीकापुर नगरपालिकाका १२ विद्यालयका विद्यार्थीहरू प्रतियोगितामा सहभागी भएका थिए, जसमा उत्कृष्ट प्रदर्शन गर्दै निम्न विद्यार्थीहरूले स्थान हासिल गरेः
🏆 प्रथम स्थान – मन्सु घिमिरे (Radiant Montessori English School)
🥈 द्वितीय स्थान – दीपिका भाट (Shree Khagda Smriti Secondary School)
🥉 तृतीय स्थान – भुवन उपाध्याय (Ganesh Baba English Boarding School)
🏅 सान्त्वना स्थान – हेम राज ढुंगाना (Ideal Milestone English Boarding School) र विप्लव ढुंगाना (Mount Saipal Academy)
कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण हातहरूलाई आयोजक टोलीले धन्यवाद ज्ञापन गरेको छ। साथै, कार्यक्रम आयोजना गर्न स्थान उपलब्ध गराउने कर्णाली माध्यमिक विद्यालय परिवारलाई पनि विशेष धन्यवाद व्यक्त गरिएको छ।