धनगढीमा नगर प्रमुख शैक्षिक सुधार कोषबाट ग्रामीण विद्यालयका बालिकालाई शैक्षिक सामग्री वितरण गरिदैं

धनगढी । धनगढी उपमहानगरपालिकाको शैक्षिक सुधार कोष द्वारा ग्रामीण क्षेत्रका पाँच विद्यालयका छात्राहरूलाई शैक्षिक सामग्री वितरण गरिने भएको छ । विद्यालयले गत शैक्षिक शत्र २०८० देखि नमुना विद्यालयको रुपमा अगाडी बढाएका ग्रामीण क्षेत्रका पाँच वटा विद्यालयमा अध्ययनरत छात्राहरुलाई विभिन्न शैक्षिक सामाग्री वितरण गरिने जनाइएको छ ।

जसअन्र्तगत श्री भवानी माध्यमिक विद्यालय (धनगढी-९), श्री सिद्धनाथ माध्यमिक विद्यालय (धनगढी-१२), श्री चन्द्रोदय माध्यमिक विद्यालय (धनगढी-१८), बेहडा बाबा माध्यमिक विद्यालय (धनगढी-१६), र श्री ठेकराज माध्यमिक विद्यालय (धनगढी-११) का छात्राहरूलाई कमीज, पाइन्ट, स्वेटर, ट्रयाकसुट, टी-शर्ट, दुई जोर कालो र सेतो जुत्ता, दुई जोर नीलो र सेतो मोजा तथा झोला वितरण  गरिने भएको छ ।

नगर प्रमुख शैक्षिक सुधार कोषमा विभिन्न संघसंस्था तथा व्यक्तिहरूबाट रू। ५९,४०,७५०र( संकलन गरिएको थियो। यस कोषमार्फत नमुना विद्यालय निर्माण तथा विद्यार्थीहरूको शैक्षिक सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालन गरिँदै आएको छ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै