एलाइन्स इन्टरनेसनल मोडेल स्कुलको २० औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

धनगढी, फागुन १६ – धनगढी उपमहानगरपालिका वडा नम्बर २, बयाबेहडीमा रहेको एलाइन्स इन्टरनेसनल मोडेल स्कुलले आफ्नो २० औं वार्षिकोत्सव तथा पुरस्कार वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

विद्यालयका प्रिन्सीपल मनोज पन्तको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अभिभावकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति दिएका थिए भने विद्यालयले आयोजना गरेको खेलकुद सप्ताहमा विजयी भएका खेलाडीहरूलाई पुरस्कार प्रदान गरियो।

विद्यालयका प्रिन्सिपल मनोज पन्तसहित अभिभावक र शिक्षकहरूले विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरेका थिए। कार्यक्रममा विद्यार्थीहरूले नृत्य तथा गीत प्रस्तुत गर्दै माहोललाई मनोरञ्जनात्मक बनाएका थिए।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै