
धनगढी, फागुन २० – धनगढी–१ पशुपति टोलस्थित ग्यालेक्सी मल्टिपल कलेजले आयोजना गरेको ग्यालेक्सी बिजनेस क्विज सम्पन्न भएको छ। प्रतिस्पर्धात्मक रूपमा सम्पन्न भएको उक्त क्विजमा नाष्ट माध्यामिक विद्यालय पहिलो स्थान हासिल गर्न सफल भएको छ।
मंगलबार कलेज प्रांगणमा सम्पन्न प्रतियोगितामा नाष्टले नगद ८ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्दै उपाधि जितेको हो। नाष्टको टिममा उत्सव अग्रवाल, नितेश बोगटी, अर्चना कार्की र अमन चन्द सहभागी थिए।
त्यसैगरी, धनगढीकै एक्सीस माध्यामिक विद्यालय दोस्रो स्थानमा रह्यो। एक्सीसले नगद ६ हजार रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गरेको छ। एक्सीसको टिममा सागर शाह, रोशन मल्ल, जीवन कुँवर र हिरा धामी थिए।
बाल्मीकि इन्टरनेसनल स्कुल तेस्रो स्थानमा रह्यो। बाल्मीकिले नगद ४ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गर्यो। बाल्मिकिबाट रजन घिमिरे, भरतसिंह भाट, अप्सा खड्का र सिदिज भण्डारी सहभागी थिए।
ग्यालेक्सी मल्टिपल क्याम्पसले गत वर्षदेखि ग्यालेक्सी बिजनेस क्विजको सुरुवात गरेको हो। कक्षा ११ र १२ मा व्यवस्थापन संकाय अध्ययनरत विद्यार्थीका लागि आयोजित प्रतियोगितामा व्यवस्थापनका विभिन्न विषयमा आधारित प्रश्नहरू समावेश गरिएका थिए।
प्रतियोगितामा कैलालीका १० विद्यालयका १३ समूह सहभागी थिए। बिजनेस क्विजको मुख्य प्रायोजक च्वाई पुस्तक पसल, रुमिना फार्मेसी एण्ड क्लिनिक, निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि. रहेका थिए भने सहप्रायोजकमा गरिमा पोलिक्लिनिक प्रा.लि., ए वान स्टार टेलर्स र ईमेज बुक्स एण्ड स्टेसनरी रहेका थिए।