डडेल्धुरामा दोस्रो परशुराम साहित्य महोत्सव फागुन २२ र २३ गते : साहित्य, संस्कृति र बहसको उत्सव

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिकाले यही फागुन २२ र २३ गते परशुराम धाममा दोस्रो परशुराम साहित्य महोत्सव भव्य रूपमा आयोजना गर्ने भएको छ।

साहित्य, कला, संस्कृति र समसामयिक बहसको संगम बन्ने महोत्सवको उद्घाटन गृहमन्त्री रमेश लेखकले गर्नेछन् भने चर्चित टिभी प्रस्तोता समा थापा कार्यक्रम सञ्चालन गर्नेछिन्। महोत्सवमा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहने आयोजकले जनाएको छ।

विशेष आकर्षणका रूपमा देशकै कान्छा तथा वैज्ञानिक मेयरका रूपमा परिचित परशुराम नगरपालिकाका मेयर रहनेछन्। महोत्सवको उद्देश्य स्थानीय संस्कृति, भाषा, साहित्य तथा प्रतिभाहरूको प्रवर्द्धन गर्नु हो।

महोत्सवमा मुलुकका प्रतिष्ठित पत्रकारहरू टिकाराम यात्री, डा। नवराज लम्साल र समा थापा विभिन्न विषयमा बहस तथा छलफल सञ्चालन गर्नेछन्।बहसमा सुदूरका सुईना,खेल संसार,खोजिन बाँकी इतिहास,लेखिन बाँकी गीत,इजान् की कुरणी,सु-संस्कृत राजनीति : देखाइ र भोगाइ,डिजिटल युगका युवास् अवसर र चुनौती,साहित्यिक प्रस्तुति र सांस्कृतिक माहोल प्रमुख बहसका शीर्षकहरू रहनेछन् ।

महोत्सवमा कविता वाचन, गजल प्रस्तुति, गीत संगीत, मन्तव्य तथा विविध सांस्कृतिक कार्यक्रमहरू हुनेछन्। आयोजकका अनुसार महोत्सवलाई भव्य र ऐतिहासिक बनाउन तयारी तीव्र गतिमा भइरहेको छ।

स्थानीय र राष्ट्रिय साहित्यिक व्यक्तित्वहरूको जमघट हुने परशुराम साहित्य महोत्सव सुदूरपश्चिममा साहित्यिक चेतनाको जागरण ल्याउने महत्वपूर्ण अवसर बन्ने अपेक्षा गरिएको छ।

 

 

 

 

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै