
धनगढी, कैलाली – “संस्कृतिको साथै, शिक्षित व्यक्तिलाई गरौं सम्मान! लागू औषध त्यागौं, समाज बनाउन देऊ ध्यान!!” भन्ने नाराका साथ रानाथारु होरी विशेष कार्यक्रम २०८१ धनगढी-७, देवहरिया, कैलालीमा फागुन २९ गते भलमन्सा जगन्नाथ रानाको सभाध्यक्षतामा र प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष माननीय डा. जीवन रानाको प्रमुख आतिथ्यतामा भव्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रममा विशिष्ट अतिथी धनगढी-७ का वडा अध्यक्ष मोति राना , धनगढी-१७ नं वडा अध्यक्ष माधब राज राना , धनगढी-७ का निवर्तमान वडा अध्यक्ष सिताराम राना , निसर्ग अस्पतालका अध्यक्ष तिर्थराज पन्त , ने.रा.था.स. का अध्यक्ष रबि राना सहित विभिन्न संघ संस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्थानीय संस्कृति, शिक्षाको महत्त्व, र लागू औषध दुव्र्यसन विरुद्ध जनचेतना फैलाउने विभिन्न प्रस्तुति मन्तव्य व्यक्त गरेका थिए । यस अवसरमा स्थानीय युवाहरू, बौद्धिक व्यक्तित्वहरू, समाजसेवीहरू, तथा सर्वसाधारणको उत्साहजनक सहभागिता रहेको थियो । कार्यक्रममा संस्कृतिक झाँकी रानाथारु होरी नाच , ठडिया नाच , कलाकार लक्ष्मी राना , अञ्जली राना , राम देव राना , खडक राना , राम आसरे राना र पार्वती रानाको बेजोड प्रस्तुति रहेको थियो ।
कार्यक्रममा देवहरिया गाउँका स्नातक उत्तीर्ण विभिन्न व्यक्तित्वलाई सम्मान समेत गरेका थिए । स्थानिय समुदायले यस्ता कार्यक्रमले समाज सुधारमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन् ।