शीर्ष १० आईएसपीमा वाईफाई नेपाल चौथो स्थानमा उक्लियो, एक बर्षमा ३७ हजार बढि ग्राहक थपिए

काठमाडौं । नेपालका शीर्ष १० इन्टरनेट सेवा प्रदायक (आईएसपी) कम्पनीहरूको सूचीमा वाईफाई नेपाल पहिलो पटक समावेश भएको छ । पछिल्लो एक वर्षमा ३७,४७४ नयाँ ग्राहक जोड्दै कम्पनीले देशकै चौथो ठूलो आईएसपी बन्न सफल भएको छ।

नेपाल कै सबैभन्दा सस्तो र भरपर्दो इन्टरनेटको रुपमा आक्रम रुपमा सेवा विस्तार गर्दै गएको वाई नेपालले स्थापनाको छोटो समयमा नै कुल ग्राहक संख्या ६२ हजार २७१ बनाउन सफल भएको छ ।

नयाँ ग्राहक वृद्धिमा वर्ल्डलिंक अग्रस्थानमा रहँदा, नेपाल टेलिकम दोस्रो र वेब सर्फर तेस्रो स्थानमा रहेका छन्। यसपटक वाईफाई नेपालले चौथो स्थान कब्जा गर्दा ब्रोडलिंक भने शीर्ष १० बाट बाहिरिएको छ।यस अवधिमा क्लासिक टेकले सबैभन्दा धेरै ग्राहक गुमाएको देखिएको छ भने ब्रोडलिंक, भायानेट, टेकमाइन्ड्स र डिशहोमका ग्राहक संख्या पनि घटेको छ।

वाईफाई नेपालले मासिक ३६६ रुपैयाँमा ५० एमबीपीएस र ५३३ रुपैयाँमा ८० एमबीपीएस गतिको इन्टरनेट प्याकेज उपलब्ध गराइरहेको छ। कम्पनीले दीर्घकालीन ग्राहकहरूका लागि पनि आकर्षक योजना ल्याएको छ।

२४ महिने (दुई वर्षे) प्याकेजमा, ५० एमबीपीएसको इन्टरनेट ८,४७५ रुपैयाँमा र ८० एमबीपीएसको इन्टरनेट ११,८६५ रुपैयाँमा उपलब्ध छ। यसरी, मासिक हिसाब गर्दा ५० एमबीपीएसको लागि ३५३ रुपैयाँ र ८० एमबीपीएसको लागि ४९४ रुपैयाँ पर्न आउँछ।

एक वर्षे (१२ महिने) प्याकेजमा, ५० एमबीपीएसको लागि ६,२१५ रुपैयाँ र ८० एमबीपीएसको लागि ८,४७५ रुपैयाँ लाग्नेछ। मासिक हिसाब गर्दा ५० एमबीपीएसको लागि ५१८ रुपैयाँ र ८० एमबीपीएसको लागि ७०६ रुपैयाँ पर्नेछ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै