धनगढी । सुदूर नेपाल संस्कृति सेवा समाजको चौथो साधारण सभा सम्पन्न भएको छ।
शनिवार धनगढीमा सम्पन्न साधारण सभामा प्रदेश प्रमुख नजिर मियाँ प्रमुख अतिथि रहेका थिए। सभाले हेम अधिकारीको अध्यक्षतामा १५ सदस्यीय नयाँ समिति चयन गरेको छ। वरिष्ठ उपाध्यक्षमा डिल्लीराम मिश्र, उपाध्यक्षमा दिव्यराज लम्साल, महिला उपाध्यक्षमा लिला तिमिल्सिना पोखरेल, महासचिवमा झुम अधिकारी, सचिवमा मनोज दाहाल र कोषाध्यक्षमा त्रिलोचन उपाध्याय चयन भएका छन्।
त्यस्तै, सदस्यहरूमा तेजप्रसाद भण्डारी, जगन्नाथ बुढाथोकी, अन्जु खतिवडा, गोमा भट्टराई, बलराम धमला, अग्निप्रसाद दवाडी, टेकनाथ अधिकारी र कमल खनाल चयन भएका छन्।
स्थापनाकालदेखि नै विभिन्न सामाजिक कार्य गर्दै आएको समाजले साधारण सभाको अवसरमा ३१ जनाको रक्तदान कार्यक्रम समेत आयोजना गरेको छ।