
धनगढी । धनगढी उपमहानगरपालिकाभित्रका विद्यालयका कक्षा ९ देखि १२ सम्मका छात्रछात्राहरूबीच अन्तरविद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिने भएको छ।
यसअघि चैत्र ६ गते तय गरिएको प्रतियोगिता वार्षिक परीक्षाका कारण स्थगित भएको थियो। अब भने नयाँ मिति तय गर्दै प्रतियोगिता चैत १६ गते बिहान १० बजे श्री शारदा मा।वि। बैयाबेहाडी मा आयोजना गरिने भएको छ।
प्रतियोगिताको मुख्य उद्देश्य विद्यार्थीहरूलाई कुलतविरुद्ध जागरूक बनाउनु तथा सरोकारवालाहरूको भूमिकाबारे गहिरो चिन्तन गराउनु रहेको बताइएको छ।
प्रतियोगितामा उत्कृष्ट वक्ताहरूलाई आकर्षक पुरस्कार प्रदान गरिने आयोजक शारदा माध्यामिक विद्यालयका प्रधानाध्यापक तेज बहादुर सिँहले बताए । उनले प्रथम हुनेलाई नगद १० हजार,द्धितिय स्थान प्राप्त गर्नेलाई ८ हजार र तृतिय स्थान प्राप्त गर्नेलाई ५ हजार प्रदान गरिने जानकारी दिए ।
धनगढी उपमहानगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूलाई प्रतियोगितामा एकजना छात्र वा छात्रा प्रतिनिधि पठाउन अनुरोध गरिएको छ।