कैलाली बहुमुखी क्याम्पसमा स्वतन्त्र उम्मेदवार तेज मल्लद्वारा नेविसंघको प्यानललाई समर्थन

धनगढी, कैलाली — कैलाली बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन नजिकिँदै गर्दा स्वतन्त्र प्यानलबाट उम्मेदवारी दिएका तेज मल्लले नेपाली विद्यार्थी संघ (नेविसंघ) का उम्मेदवार सन्तोष पन्तको प्यानललाई समर्थन गर्ने घोषणा गरेका छन्।

आइतवार धनगढीमा आयोजित पत्रकार सम्मेलनमार्फत मल्लले आफ्नो उम्मेदवारी निष्क्रिय गराउँदै पन्तको नेतृत्वमा रहेको प्यानललाई सघाउने बताएका हुन्। मल्लले केही असन्तुष्टि भए पनि संगठनप्रति प्रतिबद्ध रहँदै नेविसंघकै संयुक्त प्यानललाई सहयोग गर्ने निर्णय गरेको बताएका छन्।

“मैले विद्यार्थीको चाहनाअनुसार स्वतन्त्र उम्मेदवारी दिएको थिएँ, तर संगठनलाई बलियो बनाउने उद्देश्यले उम्मेदवारी फिर्ता लिएको हुँ,” मल्लले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। उनले आगामी स्ववियु निर्वाचनमा नेविसंघको संयुक्त प्यानललाई मतदान गर्न समेत सबैलाई आग्रह गरेका छन्।

यस घटनासँगै क्याम्पसमा स्ववियु निर्वाचनको प्रतिस्पर्धा थप चासोको विषय बनेको छ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै