
कैलारी । गर्मी याम सुरु भएसँगै आगलागीको सम्भावना बढ्दै गएको जनाउँदै कैलारी गाउँपालिकाले सम्पूर्ण स्थानीयवासीलाई सावधानी अपनाउन अपिल गरेको छ।
गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीद्वारा जारी अपिलमा अत्याधिक गर्मी र हावाहुरीका कारण आगलागीको जोखिम बढेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। विशेषगरी वनजंगलमा डढेलो नलगाउन, गहुँबाली कटानीपछिको बारीमा आगो नलगाउन र अरुलाई पनि आगो नलगाउन प्रेरित गर्न अपिल गरिएको छ।
आगलागीबाट हुने धनजनको क्षति न्यूनीकरण गर्न हामी सबैले सजग र जिम्मेवार बन्नु आवश्यक छ,” अध्यक्ष चौधरीले अपिलमा भनेका छन्, आफू पनि बचौं, अरूलाई पनि बचाऔं।ू
अपिलमा गाउँपालिका क्षेत्रभित्रका आमाबुवा, दाजुभाइ, दिदीबहिनी, आमा समूह, युवा क्लव, संघसंस्था तथा सबै सरोकारवालाहरूसँग सक्रिय भूमिका खेल्न आग्रह गरिएको छ।
गाउँपालिकाले आगलागी नियन्त्रण तथा विपद् न्यूनीकरणका लागि आवश्यक तयारी तथा जनचेतनामूलक अभियान समेत सञ्चालन गर्ने जनाएको छ।