
कञ्चनपुर — कंचनपुरको कृष्णपुर नगरपालिकाले ऐतिहासिक निर्णय लिँदै नगरभित्रका सम्पूर्ण जनप्रतिनिधि, सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारी र तिनीहरूका सन्तानलाई अबको शैक्षिक सत्रदेखि अनिवार्यरूपमा सामुदायिक विद्यालयमै अध्ययन गराउनुपर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ।
नगरसभाको मिति २०८१ साल पुस २८ गतेको निर्णयअनुसार अबदेखि जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघका पदाधिकारी र सदस्यका छोराछोरी, नातिनातिनी तथा उनीहरूसँगै बस्ने वालवालिकाले जुनसुकै स्थानमा भए पनि सामुदायिक विद्यालयमै पढ्नुपर्ने छ।
त्यसैगरी, संस्थागत विद्यालय ९प्राइवेट स्कुल० का व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, कर्मचारी, अभिभावक तथा अन्य सरोकारवाला व्यक्तिहरूले अबदेखि सामुदायिक विद्यालयको कुनै पनि प्रशासनिक निकाय वा व्यवस्थापकीय भूमिकामा रहन नपाउने निर्णय समेत नगरसभाले गरेको छ।
नगरपालिकाले यो निर्णय सामुदायिक विद्यालयमा सबैको विश्वास, सहभागिता र गुणस्तर अभिवृद्धिका लागि लिएको स्पष्ट पारेको छ।