मुख्यमन्त्रीको निर्देशन: सुदूरपश्चिममा शान्ति सुरक्षा चुस्तदुरूस्त बनाउन कडा कदम चालिने

धनगढी, सुदूरपश्चिम — सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशको शान्ति सुरक्षा सुनिश्चित गर्न कडा निर्देशन दिएका छन्। बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित बैठकमा उनले सुरक्षा निकायका प्रमुख, मन्त्री, सचिव तथा विभिन्न कार्यालय प्रमुखहरूसँग शान्ति सुरक्षा, भन्सार चेकजाँच, आवागमन सहजीकरण, राजश्व संकलन, र लागुऔषध नियन्त्रणलगायतका विषयमा महत्वपूर्ण छलफल गरे।

मुख्यमन्त्री शाहले प्रदेशमा शान्ति सुरक्षा चुस्त राख्न, सडक दुर्घटना न्यूनीकरण, लागुऔषध नियन्त्रण, र पर्यटन प्रवर्द्धनका लागि प्रभावकारी कदम चाल्न निर्देशन दिए। साथै, जनताको राज्यसेवामा सहज पहुँच र सम्मानजनक सेवा प्रवाहको वातावरण बनाउन आग्रह गरे।

बैठकमा सुरक्षा निकायले हाल प्रदेशको सुरक्षास्थिति सामान्य रहेको जानकारी गराएका थिए। बैठकले मासिक रूपमा सुरक्षा समन्वय बैठक सञ्चालन गर्ने, सीमापार आवागमन सहज बनाउने, र भारत जाने नेपाली कामदारहरूको अभिलेख व्यवस्थापन गर्न समिति गठन गर्ने निर्णय गरेको छ।

बैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्की, भौतिक पूर्वाधार विकास राज्यमन्त्री प्रकाश बम, नेपाली सेनाका उपरथी प्रकाश देउजा लगायत विभिन्न सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति थियो।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै