
काठमाडौं । एकै पटक दुई वटा म्युजिक भिडियो ‘मायाकै संसार’ र ‘ए माया’ सार्वजनिक भएको छ । बुधबार काठमाडौंमा एक कार्यक्रमबीच एकै पटक दुई वटा म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
गीतको भिडियोमा उषा उप्रेती र दिनेस तामाङ लगायतका कलाकारको अभिनय रहेको छ । गीत अलंकार स्टुडियोमा रेकर्ड भएको थियो भने गीतको कोरियोग्राफर मदन खड्का र प्रोडक्शनमा सूर्य ओली रहेका छन् ।
कार्यक्रममा बोल्दै गायक आनन्द कार्कीले गीत एकदमै राम्रो भएको बताए । उनले पछिल्लो समय राम्रा राम्रा कलाकारहरु फिल्म इण्डस्ट्रीमा आइरहेको बताए । त्यस्तै, संगीतकार राजु सिंहले राम्रा गीतहरुको संरक्षण गर्न सक्नुपर्ने बताए । गीतमा र गीतको भिडियोमा सम्पूर्ण मेहनत लागेकाले गीत राम्रो रहेको बताए ।