त्रिभुवन इन्टरनेसनल एयरपोर्ट भित्र प्रहरी र अध्यागमनका कर्मचारीहरूबीच कुटाकुट

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृत र प्रहरीबीच भएको विवादको क्लोज सर्किट (सीसी) क्यामराको फुटेज अनलाइनखबरले फेला पारेको छ । शुक्रबार मध्याह्न १२ः०५ बजे अध्यागमन अधिकृत छायाँलाल मोक्तान विमानस्थलको अराइभलबाट डिपार्चरतिर गएका थिए । मेटल डिटेक्टर भएको स्थानमा उनलाई चेकजाँच गर्ने क्रममा विवाद भएको भिडियोमा देखिन्छ ।

‘वाक थ्रु गेट’ पार गरिसकेका मोक्तानले आफू अध्यागमन अधिकृत भएको र मेटल पनि नभएकाले किन चेकजाँच गरेको भनेर प्रश्न गर्छन् । प्रहरी जवान अझै जाँच गर्ने प्रयास गरिरहन्छन्, त्यहीबीच विवाद हुँदा भनाभन र धकेलाधकेल भएको देखिन्छ । त्यसपछि ड्यूटीमा खटिएका प्रहरीका असई आएर कुटपिट गरेको फुटेजमा देखिएको छ ।

https://www.facebook.com/onlinekhabarnews/videos/1667322577005748/

 

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै