एसिड आक्रमण पीडितको कथावस्तुको फिल्म ‘नमेटिने घाउ’मा अभिनय गर्दै केपी ओली

काठमाडौँ। एसिड आक्रमण पीडितको कथावस्तुलाई लिएर निर्माण हुन लागेको फिल्म ‘नमेटिने घाउ’को औपचारिक घोषणा भएको छ । फिल्मको शुभमुहूर्त कार्यक्रममा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो । अतिथिको रूपमा राप्रपा सांसद ज्ञानेन्द्र शाही, एमाले सांसद सुनिता बराल कलाकार रमेश उप्रेती, धीरेन शाक्य, निर्मल शर्मा, विक्रान्त बस्नेत कमेडियन हिमेश पन्त लगायतको उपस्थित रहेको थियो ।

मुहूर्तको उक्त अवसरमा पहिलो दृश्यको निर्देशन अध्यक्ष ओलीले गर्नुभयो । ओलीले एक्सन भन्दा सांसद शाहीले क्ल्याप, कलाकारहरू उप्रेतीले कट, शाक्यले क्यामेरा रोल र बस्नेतले नरिवल फुटाउनु भएको थियो । अभिनेता रमित ढुङ्गानाले बायोपिक फिल्मका रूपमा ‘नमेटिने घाउ’ बनाउने घोषणा गर्नुभएको हो । यसै फिल्मबाट वहाँले निर्देशनको यात्रा समेत सुरु गदैँ हुनुहुन्छ ।

रमित ढुङ्गाना फिल्म प्रोडक्शनको ब्यानरमा निर्माण हुन यो फिल्मलाई एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको कथालाई समेटेर बनाउन लागिएको छ। फिल्ममा शिवम् अधिकारीको कथा, ओम सुनारको सङ्गीत रहेको छ । फिल्ममा सुरवीर पण्डित र रामचन्द्र अधिकारी पुराना अनुहार रहने छन् भने, मुख्य भूमिकामा अधिकांश नयाँ अनुहारहरू छन् ।

फिल्ममा मुस्कान खातुन, सिम्रन खड्का, सुप्रज्ञा शर्मा, इभा गिरी, प्राप्ति पौडेल, सन्जोग रसाइली, सन्दीपबाबु लोहनी, रचना गौतम, प्रभात पाल ठकुरी, आरती आचार्य, अखिल बजगाईं, उपेक्षा न्यौपाने, क्रान्ति शाह, वीरेन्द्र सिंह कुसुहा लगायत कलाकारहरू रहेका छन् ।

‘नमेटिने घाउ’मार्फत पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीको भूमिकामा देखिने हुनुभएको छ । कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले भन्नुभयो “एसिड आक्रमण जस्ता घटना घटिरहेका छन्। यो अन्त्य हुनुपर्छ। यसै अभियानमा जोडिएको छ ‘नमिटिने घाउ’ । यो एउटा अभियान र प्रभावकारी अङ्ग हो । मान्छेले छालाको सुन्दरतालाई प्राथमिकता दिन्छन्। मनको, आचरणको, व्यवहारको र आन्तरिक सुन्दरता मान्छेले बुझेको हुँदैन। एसिड आक्रमणले एक जनालाई मात्र पीडा दिएको हुँदैन” ।

यो सबै भिक्टिमहरुको बायोपिक हो । आक्रमणका घटना भएका ठाउँमा फिल्म छायाङ्कन गर्ने योजना छ । गएको १० वर्षमा ३३ जनामाथि एसिड आक्रमण भएको तथ्य पेश गर्दै यो कार्य जघन्य अपराध हो ।’ भन्ने सन्देश आफूले फैलाउन निर्देशक रमितले बताउनुभयो ।

यस्तै, भिक्टिमहरुको बायोपिक फिल्मका रूपमा लिँदै प्रोजेक्ट अघि बढाएर एसिड आक्रमणका घटना भएका ठाउँहरूमा छायाङ्कन सुरु गर्ने तयारी छ । फिल्मको मुहूर्त गरेसँगै काठमाडौँ, भक्तपुर, बनेपा, पनौती, नवलपुर, पोखरा, वीरगन्ज र रौतहटको चन्द्रपुरमा छायाङ्कन गर्ने तयारी गरिएको छ ।

 

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै