
काठमाडौं । आफूलाई अलौकिक शक्तिधारी झाँक्री दाबी गर्दै सर्वसाधारणमा भ्रम छरेर कमाउधन्दा मच्चाइरहेका प्रकाश भुजेलले अर्को अराजक हर्कत गरेका छन् । यसअघि विभिन्न भ्रामक भिडियो बनाएर टिकटकमा अपलोड गरी कथित औषधीका नाममा काल्पनिक धुलोको व्यापार गरेका भुजेलले पछिल्लो पटक भने झनै अपत्यारिलो हर्कत गरेका छन् ।
उनले एक बिरामीलाई आफ्नो अड्डामा लगेर उपचार गरेको मात्र नभइ अस्पतालमा निको हुन नसकेको बिरामी चिकित्सकसहित पुगेको भनेर अस्पतालको नाममात्र बदनाम गर्ने होइन, चिकित्सकिय विधिलाईसमेत चुनौती दिएका छन् । उनको हर्कतको कारण ललितपुरको ग्वार्कोमा रहेको डा. जगदिशलाल वैद्य र डा. अशोक बाँस्कोटाद्वारा सञ्चालित बि. एण्ड बि. अस्पतालले विज्ञप्ति नै निकालेर ध्यानाकर्षण भएको प्रष्टीकरण दिन वाध्य भएको छ ।
भुजेलले भ्रम छरेर रकम असुल्ने गरेको प्रकाश मानव सेवा सांस्कृतिक झाँक्री केन्दमा उद्घोषिकाले रकम उठाइरहेका व्यक्तिहरुको नाम लिइरहेका बेला उनी बिरामीसहितको एम्बुलेन्स आफ्नो आश्रममा आएको भन्दै भिडियो बनाएर बाहिर निस्किएका छन् । हामीलाई प्राप्त भएको भिडियोमा उनी रवाफकासाथ बाहिर निस्किँदा एक एम्बुलेन्समा बिरामी ल्याइएको हुन्छ । ती बिरामी नरबहादुर गुरुङ रहेको खुलेको छ ।
आस्पतालको चिकित्सक भएको दाबी गर्दै सेतो एप्रोनका साथमा भुजेलको अड्डामा पुगेका व्यक्तिले भिडियो बनाइ रहेको क्यामराको सामुन्ने अगाडि परेका बेला भने परिचयपत्र फर्काएर छोपेका छन् । क्यामराको सामुन्ने अगाडि नपरेका बेला भने लुकाएका छैनन् । सामुन्ने अगाडि पर्दा परिचयपत्र दिने संस्था र व्यक्तिको नाम चिनिने भएको हुनाले उनले परिचयपत्र लुकाएको हुनसक्ने बुझिएको छ ।
भुजेलले गुरुङलाई स्टेचरमै राखेर भित्रि लगेका छन् भने उनले विभिन्न देवी देवताका मन्दिरहरुको नाम लिँदै वर्वराएका छन् । २३ मिनेट १२ सेकेण्डको भिडियो हेर्दा भुजेलले वैज्ञानिक विधिलाई नै चुनौती दिएको मात्र होइन कानूनकै धज्जी उडाएको स्पष्ट देखिएको छ ।
अधिवक्ता कीतिनाथ शर्मा पौडेलले कानूनका नजरमा भुजेलको कार्य दण्डनीय रहेको बताए । सूचना र प्रविधिको वर्तमान युगमा विज्ञानले गरिरहेको अविष्कार र मेडिकल साइन्सलाई नै चुनौती दिने हर्कत भुजेलले गरेको अधिवक्ता पौडेलको भनाइ रहेको छ ।
विना श्रोत र साधन एउटा व्यक्तिले बिरामीलाई निको पार्न नसक्ने भन्दै उनले यस्ता गैरजिम्मेवार र गैरकानूनी कार्यले अस्पतालको उपचार विधिमाथि नै घात गर्ने र समाजमा अफवाह फैलाउने खतरा रहेको बताए । अहिलेको युगमा यस्ता हर्कत गर्ने व्यक्तिहरुको पछि नलाग्न र अदृष्य शक्ति भएको भ्रम छर्ने यस्ता प्रवित्तिमाथि विश्वास गरेर समय, धन र आफ्नो ज्यानलाई खतरामा नपार्न पनि उनले सर्वसाधारणलाई सुझाए ।
मनोविद् गोपाल ढकालले यस्ता घटनाले समाजमा नकारात्मक सन्देश प्रवाह गर्ने बताए । भुजेलले गरिरहेका गतिविधिलाई अनावश्यक स्टन्डबाजी भनेका ढकालले बिरामीहरुको उचित उपचारमा असर पर्ने र समाजको मनोविज्ञान पनि गलत बन्ने बताए । यस्ता गतिविधिले चिकित्सकको मनोबल घट्ने भनाइ उनको रहेको छ । अझै पनि समाजमा अस्पताल र औषधि उपचारको भन्दा पनि धामीझाँक्रीको भर परेर मानिसहरुले ज्यान गुमाइ रहेको भन्दै उनले भुजेल प्रकरणमा राज्यले तत्काल छानबिन गर्नुपर्नेमा जोड दिए ।
यस प्रकरणमा अस्पतालको पनि मिलेमतो भने भएको हुनसक्ने आशंका उनले गरे । केही अस्पतालहरुले यस्ता कथित धामीझाँक्री र माताहरुसँग समेत सम्पर्कमा रहेर पहिले उनीहरुकोमा ल्याउने र पछि अस्पतालका डाक्टर बोलाएर चेकजाँच गरी अस्पतालमा रिफर गर्ने गरेको जानकारी आफूले पाएको उनको भनाइ रहेको छ । यद्यपी, यस्तो कार्य गलत रहेको उनले दोहोर्याए ।
अस्पतालले जनाएको आपत्ति
अस्पतालले निको पार्न नसकेको बिरामीलाई आफूले ठिक पारेको भन्दै अशोभनिय भिडियो बनाउने कथित् झाँक्री प्रकाश भुजेलको हर्कतमा बि एण्ड बि अस्पतालले भने आपत्ति जनाएको छ । अस्पतालको प्रशासन विभागले एक विज्ञप्ति जारी गरी आफूहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
अस्पतालले जनाए अनुसार भुजेलको अड्डामा पुर्याइएका गुरुङ गएको पुस २१ गते उक्त अस्पतालमा भर्ना भएका थिए । उन्री उपचारारत रहेकै अवस्थामा अस्पतालबाट डिस्चार्ज नभइ अन्यत्र जानु पर्ने अनुरोध गुरुङले गरेपछि अस्पतालका कर्मचारीको रोहबर र सुरक्षामा बाहिर पठाएको अस्पतालको भनाइ रहेको छ ।
भुजेलको अड्डामा उपचारको लागि गएको भन्ने जानकारी फेसबुकमा अपलोड भएको भिडियो हेरेर मात्र थाहा पाएको अस्पतालको विज्ञप्तिमा उल्लेख छ ।
अस्पतालले यस्तो भनेको छ :