
गायक शिशिर ठटालको र गायिका कौशिला क्षेत्रीको स्वरमा नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक ‘मायाको रंग’ बोलको गीतमा शब्द संगीत पनि गायक शिशिर ठटालकै रहेको छ ।
गीतको भिडियोमा शिशिर ठटाल, देबीमाया तामाङ, अरुण तिवारी, कौशिला क्षेत्री, सब्नम तामाङ, सुक बहादुर सुन्दास, प्रकास बस्नेत, उज्वल दर्जी र कृष्णमाया पौडेलको अभिनय रहेको छ ।
गीतको भिडियोमा चर्चित गायक यस कुमारको कथा कथन रहेको छ । गितको भिडियोलाई कमल प्रसाइले निर्देशन गरेका हुन् भने छायांकन पनि प्रसाइकै रहेको छ ।