खमेश श्रेष्ठको नयाँ टेलि सिरियल ‘सृष्टि ‘ बैशाख १३ बाट आउँदै

काठमाडौँ । कलाकार तथा निर्देशक खमेश श्रेष्ठले नयाँ टेलि सिरियल ‘सृष्टि ‘ बैशाख १३ बाट प्रसारणमा ल्याउने भएका छन् । खमेश श्रेष्ठको लेखन तथा निर्देशनसँगै अभिनय रहेको यस टेलि सिरियल सामाजिक कथामा आधारीत भएर निर्माण गरिएको छ । खमेशका अनुसार समाजकै कथालाई पर्दामा उतारिएको हो ।

सिरियल बैशाख १३ गते बिहिवार देखि हरेक हप्ताको बिहिबार बेलुका ७ बजे प्रसारण हुनेछ ‘सृष्टि टेलिफिल्म युट्युब च्यानलमा मार्फत प्रशारण हुनेछ । सिरियलमा खमेशसँगै बालकलाकार सृष्टि खड्की,निरुता लामा , लक्ष्मण विक्रम बस्नेत, रश्मि भट्ट, पदम राई , राजेन्द्र गिरि, सुप्रभा अधिकारी{मूख्री} बिरेन्द्र राना,अनिता श्रेष्ठ,रोदा राई, मनिष लामा,सागार तामाङ, दिपक गिरि, छिरिङ दोङ,सागार लामा लगायतको अभिनय रहेको छ । बैशाख १३ देखी ‘सृष्टि ‘ प्रत्येक बिहिबार बेलुका ७ बजे प्रसारणमा आउने खमेशले बिशाल खबरलाई जानकारी दिए । उनी भन्छन्, हामी केहिसमय अघिदेखी तयारीमा थियौँ ।

आज काठमाडौँ कपनको हाम्रो पार्टी प्यालेशमा सृष्टि टेलिफिल्मको केही अंस सार्बजनिक सगुन इन्टरटेनमेन्ट एण्ड एडभरटाइजीङ्ग प्र.लिले एक कार्यक्रम राखी अफिसियल टेलर सार्बजानिक गरियको थियो । यस टेलि शृंखलालाई रामेछाप र दोलखाको पर्यटककिय स्थल सैलुङ्ग, सिन्धुलिको मुलकोट काठमाडौँको शंखरापुर ८ घुमारचोकमा छायांकन गरियको हो । टेलिफिल्मको टिजर सार्बजानिक सँगै प्रदर्शन तथा पत्रकार सम्मेलन कार्यक्रम गरेका थिए ।

उक्त टेलि शृंखलालाई समाजमा भइ रहेकोवास्थविक जीवनमा आधारित महिला हिङ्गसा, जातिय विभेद,बाल शोसन,बालबिबाह,छौपडी प्रथा जस्ता सामाजिक बिसङ्गती आदि कथा बस्तुलाई समेटेर निर्माण गरियको निर्देशक खमेश श्रेष्ठले बताए ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै