न्यायलय भित्र ब्रह्मलुट गर्नेहरुको समाप्त गर्ने अधिवक्ता यज्ञमणी न्यौपानेको प्रतिवद्धता

काठमाडौं । अधिवक्ता यज्ञमणी न्यौपानेले अब न्यायलय भित्र ब्रह्मलुट गर्नेहरु समाप्तको दिशामा जाने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित स्वतन्त्र कानुन व्यवसायी मञ्चको प्रथम केन्द्रीय कार्य समिति तथा प्रदेश संयोज घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपालगायत नयाँ पूराना जोसुकै भएपनि कानुनको बाटो छोड्यो भने कानुनको बाटोमा ल्याउने मञ्चको प्रतिवद्धता रहेको बताए ।

अधिवक्ता न्यौपानेले न्यायालयलाई राजनीतिक दलको भर्ती केन्द्र बनाएको र यसविरुद्ध आवाज उठाउन मञ्च जन्मिएको बताए ।

उनले मञ्च स्थापना गर्नका लागि विभिन्न अवरोध सिर्जना भएको र त्यसलाई छिचोल्दै अघि बढेको बताए । उनले सेटिङको नाममा देशको न्यायालय समाप्त गर्न आउनेहरुलाई अब छुट नहुने बताए ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै