
धनगढी । कैलालीमा १२ लाख मुल्यको अबैध सामानसहित एक जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलाली र मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले शनिबार सो मुल्य बराबरको अबैध सामानसहित एक जनालाई नियन्त्रणमा लिएको हो। शनिबार १२ लाख ८ हजार १५० मल्य बराबरको अबैध सामान फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक कबिन्द्रसिंह बोहराले बताएका छन्।
टीकापुर नगरपालिका–८ श्रीलंकाबाट ५ लाख ४० हजार ४ सय मुल्यको ४ सय ४० थान लेडिस सुट र १० हजार मुल्यको चार थान साइकल बरामद गरिएको छ। यता धनगढी उपमहानगरपामलका–१८ तुलसीबारीबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले सुदूरपश्चिम प्रदेश ०१–००९ प ९५९४ नम्बरको मोटरसाइकल र ३ लाख ७६ हजार ५ सय मुल्यको एक सय ७३ थान लेडिज तथा जेन्स सुट र एक थान मोटरसाइकल बरामद गरिएको छ।