कार्तिक ३० गते ‘ह्रस्व दीर्घ’ प्रदर्शनमा

धनगढी । चलचित्र ह्रस्व दीर्घ कात्तिक ३० गते नेपाल र भारत लगायतका हलहरुमा प्रर्दशनमा आउने भएको छ । सोमबार धनगढीमा चलचित्रका निर्देशक चन्द्र पन्तले पत्रकार सम्मेलनको अयोजना गर्दै नेपाल र भारतका लोकप्रिय कलाकारहरुले अभिनय गरेको फरक कथाबस्तुका साथ चलचित्र ह्रस्व दीर्घ प्रर्दशनमा आउन लागेको बताए ।

ज्योतिप हरिहर अधिकारी र अभिनेत्री नीता ढुंगानाको अभिनय रहेको नेपाल र भारत लगायत विभिन्न देशमा नेपाली,हिन्दी र अन्य भाषामा पनि प्रदर्शन गर्न हो ।

अभिनेता तथा नेपाली चलचित्र इतिहास मै फरक कथा बस्तु समेटेर तयारी गरिएको चलचित्रले नेपाली समाजको बास्तविकता झल्काउने निर्देशक पन्तको भनाई छ ।

अभिनेत्री विपना थापा पनि लामो समयपछि यही फिल्ममार्फत फेरि देखिँदैछिन् । चन्द्र पन्तको निर्देशन रहेको यस चलचित्रमा हरिहर र नीतासँगै, चर्चित दक्षिण भारतीय कलाकार ब्रह्मानन्दम, बलिउड कलाकार प्रदीप रावतसँगै गरिमा शर्मा, प्रशान्त ताम्राकार, सरोज खनाललगायतको अभिनय छ । बिश्वकै ठुलो मनिएको भारतको रामोजी स्टुडियोदेखि मुम्बई, चितवन र काठमाडौंमा चलचित्रको छयाङ्कन गरिएको छ ।

अभिनेता हरिरहरद्वारा लिखित कथामा आधारित यो फिल्ममा बलिउड छायाँकार कवीरलालको छायांकन, मित्र डी गुरुङको सम्पादन, रामजी लामिछाने र बलिउड कोरियोग्राफर शुष्मा सुमनको कोरियोग्राफी छ । यो फिल्म नीता फिल्म्सको ब्यानरमा निर्माण भएको हो ।चलचित्रका निदेशक पन्तले थुर्पै नेपाली चलचित्र सहित दर्जनौ भोजपुरी चलचित्रके निर्देशन गरिसकेका छन् ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै