धनगढीको चैतन्य पाठशालाले गर्यो पुर्व विद्यार्थी समेत रहेकी क्रेकेटर स्नेहा महरालाई सम्मान

धनगढी । धनगढीको चैतन्य पाठशालाले पुर्व विद्यार्थी समेत रहेकी क्रेकेट खेलाडी स्नेहा महारालाई सम्मान गरेको छ । मंगलवार पाठशालामा आमन्त्रण गरि १९ बर्ष मुनिको विश्वकप क्रेकेटमा नेपाललाई छनोट गराउन महत्वपुर्ण भुमिका निर्वाह गर्ने राष्ट्रिय क्रिेकट टोलीकी सदस्य स्नेहा महरालाई सम्मान गरिएको हो ।

स्नेहा महरा सम्मीलित नेपाली यु १९ महिला क्रिकेट टिमले युययीलाई पराजित गर्दै इतिहास मै पहिलो पटक विश्वकपमा छनोट हुन सफल भएको थियो ।

क्रेकेटर महराले स्टोन ब्रिजमा नर्सरी देखि १० कक्षा सम्म अध्यन गरेकी थिइन् । विगत २ बर्षदेखि सोही स्टोन ब्रिजको नाम परिवर्तन गरि चैनन्य पाशठाला नामाकरण गरिएको हो । चैतन्य पाठशालाले आप्नो पुर्व विद्यार्थी महराले नेपालको राष्ट्रिय क्रिकेट टिमबाट अन्र्तराष्टिय प्रतियोगितामा सहभागिता जनाउँदै नेपाललाई विश्वकपमा छनोट गराउन महत्वपुर्ण भुमिका निर्वाह गरेको भन्दै सम्मानित गरेको हो ।

चैतन्य पाठशालाका प्रधानाध्यापक कटक बहादुर सिंहले महरालाई विद्यालयको बार्षिकोत्सव कार्यक्रममा ५० हजार नगद सहित पुरस्कृत गरिने जानकारी दिए । आज खादा माला सहित सम्मान गरिएको थियो ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै