
धनगढी । धनगढी उपमहानगरपालिकाले लागउने शनिवारे महिला उद्यमी मेलामा ५४ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ। हिजो शनिवार नाक कान घाँटी रोग विशेषज्ञ डाक्टरले ५४ जनाको निःशुल्क स्वास्थ्य परीक्षण गरेका हुन्।
शनिवारे महिला उद्यमी मेलामा धनगढीको नवजीवन अस्पतालले निःशुल्क स्वास्थ्य शिविर राखेको हो। शिविरमा २८ जना पुरुष बिरामी र २६ जना महिला बिरामी परीक्षण गरिएको नवजीवन अस्पतालले जनाएको छ।