“नेबिसंघ धनगढीले गर्यो विद्यार्थीहरुमा लागुऔषध सम्बन्धि सचेतना कार्यक्रम”

धनगढी  । नेबिसंघ धनगढी उपमहानगर कार्य समितिले लागुऔषध सम्बन्धी विद्यार्थीहरुलाई सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । धनगढी उपमहानगरपालिका भित्रका विभिन्न बिद्यालय र क्याम्पसहरु मा सचेतना कार्यक्रम सञ्चालन गरिएको हो ।

“ विद्यार्थीहरुमा लागु औषध दुर्व्यसन सम्बन्धि सचेतना ’’ भने मुल नारा दिएको यस अभियान झन्डै १२ दिन सम्म चल्दा थुप्रै बिद्यालय र क्याम्पसहर का विद्यार्थीहरुमा लागू औषध सम्बन्धि सचेतना कक्षा सञ्चालन गरिएको थियो ।
सरदा मा.वि , त्रिभुवन मा.वि , पन्चोदय मा.वि , त्रिनगर मा.वि , सुदूर पश्चिमाञ्चल क्याम्पस (एस.पी.ए), ऐश्वर्य बिद्यानिकेतन , एकसिस स्कुल , सैपाल शिक्षा सदन लगायतका विभिन्न बिधालय र क्याम्पसहरु मा यस अभियान चलाएको थियो।

बिद्यार्थीहरुलाई लागू औषध सेवन गर्ने बानी बस्यो भने ब्यक्तिको जीवन परिवार समुदाय सबै क्षेत्रमा नकारात्मक असर पर्नुका साथै स्वास्थमा हानिकारक गर्ने र लागू औषधले नै ब्यक्तिको ब्यक्तित्व नाश हुने र समाजमा विभिन्न बिकृती फैलिने हुँदा लागुऔषधको सेवन नगर्न र नगराउन, साथीहरूको लहलहमा लागेर भबिस्य अँध्यारो तिर धकेल्न नहुने नेबिसंघ धनगढीका सभापति दिपेश बोहराले बताउनुभयो ।

साथै बिद्यालयमा १० बजे देखि ४ बजे सम्म मात्र बस्ने त्यो भन्दा बढी समय घर परिवार सङ्ग बिताउने हुँदा अभिभावकले आफ्ना छोराछोरीको साथ को सङ्ग छ, पढ्न बिद्यालय जान्छ, जादैन सम्पुर्ण क्रियाकलापको निगरानी गर्नुपर्ने बताउनुभयो ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै