कैलालीमा सुनसहित दुई भारतीय नागरिक पक्राउ

धनगढी: कैलालीको धनगढी उपमहानगरपालिका-३ ट्राफिक चौराहमा सुनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रमुख (एसपी) पदमबहादुर बिष्टको नेतृत्वमा खटिएको टोलीले चेकजाँचका क्रममा ५४९.२०० ग्राम सुनजस्तो देखिने वस्तुसहित उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका व्यक्तिहरूमा भारतको उत्तर प्रदेश, पलियाका ४४ वर्षीय दीपक गुप्ता र ३४ वर्षीय सुमित वर्मा रहेका छन्। उनीहरू चढेको युपी ३२ जेभी ९२०० नम्बरको गाडीबाट सुनजस्तो देखिने वस्तु, एक थान ल्यापटप, दुई थान मोबाइल, नेपाली रुपैयाँ ४४,८१० र भारतीय रुपैयाँ १,२८० समेत बरामद गरिएको छ।

प्रहरीले शंका लागेपछि गाडी चेकजाँच गरेको थियो। बरामद गरिएका वस्तु सुन हुन् कि होइनन् भन्ने कुरा थप परीक्षणपछि मात्र पुष्टि हुने बताइएको छ। प्रहरीले पक्राउ परेका दुवैजनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान गरिरहेको छ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै