
धनगढी। सुदूरपश्चिम महोत्सवको १८औं संस्करणमा आयोजित विद्यालय स्तरीय नृत्य प्रतियोगितामा राइजिङ स्टार इङ्लिस बोर्डिङ स्कुलले उत्कृष्ट प्रदर्शन गर्दै च्याम्पियनको उपाधि हात पारेको छ।
‘समृद्ध सुदूरपश्चिमका लागि आर्थिक समृद्धि’ भन्ने मूल नाराका साथ मङ्सिर २२ देखि पौष ६ सम्म धनगढीमा आयोजना गरिएको महोत्सवमा सहभागी राइजिङ स्टारले आफ्नो प्रतिभा र सिर्जनशीलता प्रदर्शन गर्दै प्रतिस्पर्धी विद्यालयहरूलाई पछि पार्दै प्रथम स्थान हासिल गर्यो।
शनिबार सम्पन्न समापन समारोहमा विद्यालयलाई विशेष सम्मानसहित पुरस्कार प्रदान गरिएको थियो। प्रबन्धक निर्देशक कलेन्द्र शाहीले विद्यार्थीहरूको क्षमताको विकासमा यस्ता प्रतियोगिताले महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै आयोजक कैलाली उद्योग वाणिज्य संघलाई धन्यवाद व्यक्त गरे।
राइजिङ स्टार इङ्लिस बोर्डिङ स्कुलले यसअघि पनि विभिन्न सांस्कृतिक र शैक्षिक कार्यक्रमहरूमा सहभागिता जनाउँदै प्रतिष्ठित सम्मानहरू प्राप्त गरेको छ। विद्यालयले यस सफलताले आफ्नो प्रतिष्ठा थप मजबुत बनाउँदै विद्यार्थीहरूको आत्मविश्वास र सिर्जनात्मक क्षमतामा उल्लेखनीय योगदान पुर्याएको छ।