सुदूरपश्चिम प्रदेश प्रमुख मियाँ: छुवाछुत र विभेद अन्त्यबिना मुलुकको विकास असम्भव

धनगढी । सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले छुवाछुत र विभेदमुक्त समाज निर्माण गर्न आवश्यक रहेको बताएका छन्। दलित सामाजिक मञ्चको उद्घाटन गर्दै उनले विभेद र छुवाछुत अन्त्य नगरेसम्म समाज र देशको समग्र विकास सम्भव नहुने बताए।

प्रदेश प्रमुख मियाँले संविधानले दलित समुदायलाई पर्याप्त अधिकार दिएको भए पनि ती अधिकारको कार्यान्वयनमा सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जोड दिए। उनले जातीय विभेद र छुवाछुतलाई कानुनले दण्डनीय बनाइसकेको स्मरण गराउँदै समाजमा समानता र न्याय स्थापित गर्न सबैको भूमिका महत्वपूर्ण हुने बताए।

कार्यक्रममा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरा सार्कीले विभेद कम हुँदै गए पनि पूर्ण रूपमा अन्त्य गर्न थप प्रयास आवश्यक रहेको बताए। सामाजिक विकास मन्त्री मेघराज खड्काले दलित अधिकार सुनिश्चित गर्न कानुन निर्माणको तयारी भइरहेको जानकारी दिए।

पूर्व मन्त्री लक्ष्मी विक, प्रदेश सभा सदस्य ललिता सुनारलगायत सहभागीले विभेद र छुवाछुत अन्त्यका लागि सबै तह र तप्काबाट पहल गर्नुपर्नेमा जोड दिएका थिए।

कार्यक्रममा अम्बिका ताम्राकार, साबित्रा घिमिरे, प्रेम विक, देवी खनाल, खडकराज जोशी, राजु तिरुवा, सविता सुनार, कृष्ण प्रसाद जैशी, र ओमप्रकाश पुनलगायतले विभेदमुक्त समाज निर्माणका लागि आआफ्नो धारणा व्यक्त गरेका थिए।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै