
ध्नगढी । धनगढीको सुदूरपश्चिमाञ्चल एकेडेमी ( एसपिए कलेज)ले शारदा फुटबल कपमा म्यान अफ द म्याचको पुरस्का प्रायोजन गरेको छ । गोदावरी नगरपालिका वडा नम्बर ८ स्याउले बजारमा रहेको शारदा विद्या निकेतनको आयोजनामा आगामी माघ १२ गतेदेखि १८ गतेसम्म हुने फुटबल प्रतियोगितामा म्यान अफ द म्याच प्रायोजकका रुपमा एसपिए कलेज जोडिएको हो ।
प्रदेशभरीका १६ वटा माध्यामिक विद्यालयको सहभागितामा हुने फुटबल प्रतियोगितालाई सफल पार्न एसपिए कलेज संग म्यान अफ द म्याच स्पोन्सरको रुपमा आर्थिक सहयोग गर्ने सम्झौता भएको प्रतियोगिता संयोजक कृष्ण पुजाराले जानकारी दिए । सुदूरपश्चिम प्रदेशको अग्रणी शैक्षिक धरोहरको रुपमा रहेको एसपिए कलेजमा प्लस टु देखि मास्टर सम्म विभिन्न बिषयमा अध्ययन अध्यापन हुदै आएको छ ।
शारदा फुटबल कपको विजेताले नगद रु ५० हजार,उपविजेताले २५ हजार,सर्वोत्कृष्ट खेलाडीले ३ हजार पुरस्कार प्रदान गरिने जनाइएको छ । साथै उत्कृष्ट गोल रक्षक,सर्वाधिक गोलकर्ता र उदयमान खेलाडीलाई जनही १५ सय नगद पुरस्कार दिइने जनाइएको छ । प्रतियोगितामा सहभागिताका लागि माघ ८ गतेसम्म टिम दर्ता गर्न सकिने छ भने टिम दर्ता शुल्क १० हजार निर्धारण गरिएको छ ।