धनगढीमा माघ १ गतेदेखि फुलवारी माघि मेला तथा भलिबल प्रतियोगिता हुने

धनगढी। धनगढी उपमहानगरपालिका वडा नम्बर १९, फुलवारीमा माघ १ गतेदेखि ५ गतेसम्म फुलवारी माघि मेला तथा भलिबल प्रतियोगिता आयोजना हुने भएको छ।

“शिक्षा, स्वास्थ्य, संचार विकासके अभियान, कृषि, संस्कृति, पर्यटन हमार पहिचान” भन्ने मूल नाराका साथ थारु सांस्कृतिक तिहुवार मञ्चले यस कार्यक्रमको आयोजना गर्न लागेको हो।

फुलवारी आधारभूत विद्यालयको प्रांगणमा आयोजना हुने यस माघि मेलामा भलिबल प्रतियोगिता, ब्याडमिन्टन प्रतियोगिता, सांस्कृतिक प्रस्तुतीहरू, रमाइलो मेला, स्थानीय परिकारहरू, कृषिजन्य उत्पादनहरू, र १०० भन्दा बढी व्यवसायिक स्टलहरू मुख्य आकर्षण हुनेछन्।

कार्यक्रमका सांस्कृतिक संयोजक बल बहादुर चौधरीका अनुसार विभिन्न सांस्कृतिक झाँकीहरू पनि प्रस्तुत गरिनेछ।

भलिबल र ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुन इच्छुक टिमलाई टिम दर्ता गर्न र व्यवसायिक स्टल बुकिङका लागि आयोजकसँग सम्पर्क गर्न आग्रह गरिएको छ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै