
धनगढी । धनगढीको रोयल सुट हाउस र माया मेट्रो अस्पताल शारदा फुटबल कपमा व्यानर स्पोन्सरका रुपमा जोडिएका छन् । विहिबार सुट हाउस,माया मेट्रो अस्पताल र आयोजक शारदा विद्या निकेतन विच व्यानर स्पोन्सर सम्बन्धि सम्झौता भएको प्रतियोगिता संयोजक कृष्ण पुजाराले जानकारी दिए ।
गोदावरी नगरपालिका वडा नम्बर ८ स्याउले बजारमा रहेको शारदा विद्या निकेतनको आयोजनामा आगामी माघ १२ गतेदेखि १८ गतेसम्म हुने फुटबल प्रतियोगितामा व्यानर स्पोन्सरमा रोयल सुट हाउस र माया मेट्रो अस्पताल जोडिएका हुन् ।
शारदा फुटबल कपको विजेताले नगद रु ५० हजार,उपविजेताले २५ हजार,सर्वोत्कृष्ट खेलाडीले ३ हजार पुरस्कार प्रदान गरिने जनाइएको छ । साथै उत्कृष्ट गोल रक्षक,सर्वाधिक गोलकर्ता र उदयमान खेलाडीलाई जनही १५ सय नगद पुरस्कार दिइने जनाइएको छ । प्रतियोगितामा सहभागिताका लागि माघ ८ गतेसम्म टिम दर्ता गर्न सकिने छ भने टिम दर्ता शुल्क १० हजार निर्धारण गरिएको छ ।