
काठमाडौँ । देशभर पश्चिमी वायुको सामान्य प्रभाव रहेको अवस्थामा तराईका धेरै स्थानमा हुस्सु लागेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, आज दिउँसो लुम्बिनी, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली रहँदा बाँकी भूभागमा मुख्यतया मौसम सफा रहनेछ।
आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारण बदली रहनेछ भने अन्य भूभागमा मौसम सफा रहने बताइएको छ।
विभागले शुक्रबार बिहान तराई र काठमाडौँ उपत्यकाका धेरै स्थानमा बाक्लो हुस्सु लाग्ने सम्भावना औंल्याएको छ। यसले दैनिक जनजीवन, स्वास्थ्य, यातायात, र हवाई उडानमा असर गर्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।