चैतन्य पाठशालामा १०७ पटक रक्तदान गरेका दिपक उपाध्यायको औपचारिक सहभागिता, “जीवन दान” अभियान अघि बढ्दै

धनगढी । चैतन्य पाठशाला शिक्षा र संस्कारको संगम, वेद र विज्ञानको संयोजन, तथा प्रकृति र संस्कृतिको सम्मानमार्फत आधुनिक समाजको आवश्यकता र सामाजिक उत्तरदायित्व पुरा गर्दै अघि बढिरहेको छ।

सामाजिक सेवामा लामो समयदेखि सक्रिय रहेका र १०७ पटक रक्तदान गरी उदाहरण प्रस्तुत गरेका दिपक उपाध्याय चैतन्य पाठशालाको ूजीवन दान, मानव सेवाका लागि चैतन्य अभियानू अभियानमा औपचारिक रूपमा आजदेखि आबद्ध भएका छन्।

विद्यालयको विहानी प्रार्थना सभामा अध्यक्ष गणेश प्रसाद जोशीले उपाध्यायलाई नियुक्ति पत्र प्रदान गर्दै बधाई र शुभकामना व्यक्त गर्नुभयो। सभामा बोल्दै उपाध्यायले चैतन्यको सहकार्यमा हरेक महिना रक्तदान आयोजना गरिने प्रतिबद्धता व्यक्त गरे। साथै, डिजिटल एप्सको माध्यमबाट देशभर रक्तदान सेवा सहज र प्रभावकारी बनाउने उद्देश्य पनि प्रस्तुत गरे।

यस अवसरमा उपाध्यायले विद्यालयका विद्यार्थीहरूलाई १८ वर्ष पुगेपछि रक्तदान अभियानमा सक्रिय सहभागिताको लागि आह्वान गरेका छन्। चैतन्य पाठशालाको यो पहल शिक्षा, संस्कार, र सामाजिक उत्तरदायित्वको उत्कृष्ट उदाहरण बनेको छ।

 

 

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै