सुदूरपश्चिममा ३ हजार ७६ बीमा पोलिसी ‘सरेन्डर’, कति छ बीमा लेखको मुल्यरु

धनगढीः सुदूरपश्चिममा ३ हजार ७६ जना बीमितले बीमा पोलिसी सरेन्डर ९समर्पण० गरेका छन्। चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा सो संख्यामा बीमितहरुले बीमा पोलिसी सरेन्डर गरेका हुन्।

नियमित रूपमा बीमाको किस्ता भुक्तानी गर्न नसक्ने अवस्था भएपछि मंसिर महिनासम्म मात्रै ३ हजार ७६ वटा बीमालेख होल्डरले त्यस्तो बीमा पोलिसी त्यागेका हुन्। मंसिर मसान्तसम्म सुदूरपश्चिममा सञ्चालित बीमा कम्पनीका प्रादेशिक कार्यालय, शाखा एवं उपशाखा कार्यालयहरुले ५९ हजार ७ सय ३७ वटा बीमालेख बिक्री गरेका छन्।

समर्पण गर्न नमिल्ने खालका वैदेशिक रोजगार म्यादी जीवन बीमालेख, एकल बीमाशुल्क बीमालेख, म्यादी जीवनबीमा, लघु जीवनबीमा र अन्य बीमाको हिस्सा भने यथावत नै छ। सुदूरपश्चिममा पाँच महिनाको अवधिमा सरेन्डर भएका बीमा लेखको मुल्य ३२ करोड ३७ लाख रुपैयाँ रहेको नेपाल बीमा प्राधिकरण सुदूरपश्चिमका प्रमुख हृदयश्वर पण्डितले बताए। यसरी बीमा पोलिसी एकपछि अर्को सरेन्डर हुँदै जानुमा अस्वस्थ प्रतिस्पर्धा मुख्य कारण मानिएको छ।

बीमा क्षेत्रका अभिकर्ताबिच बढेको प्रतिस्पर्धा अहिलेको पोलिसी सरेन्डरको मुख्य कारण रहेको कतिपय बीमा अभिकर्ताहरुको तर्क छ। कतिपय अवस्थामा अभिकर्ता एउटा बीमा कम्पनीबाट अर्कोमा सिफ्ट हुँदा आफैँले गराएको बीमालेख पनि नराम्रो भनेर नयाँ कम्पनीमा बीमा गर्न लगाउने अवस्था पनि देखिएको छ। पुराना कम्पनीहरुमा भइरहेको सरेन्डर वृद्धिले यो अवस्था देखिएको सरोकारवालाको भनाइ छ।

साथै बीमा कम्पनीले जनता झुक्याउने गरी पोलिसी ल्याउने, अभिकर्ताले बीमितको आवश्यकता र क्षमताको आधारमा नभएर आफ्नै स्वार्थ हेरेर बीमा गर्ने र नियामकले पनि जथाभाबी बीमा पोलिसी स्वीकृत गर्ने गरेकोले अहिलेको समस्या देखिएको कतिपयको विश्लेषण छ। पोलिसी स्वीकृतिमा कडाइ र धेरै सरेन्डर हुने अभिकर्तामाथि प्राधिकरणले प्रष्टीकरण सोध्ने हो भने यो समस्या कम हुने दाबी समेत गरिएको छ।

अहिले बीमा गराउँदा अभिकर्ताले पहिलो र दोस्रो वर्षको बीमा प्रिमियमको २५र२५ प्रतिशत कमिसन पाउने गरेका छन्। त्यसपछि भने कमिसन घट्छ। बीमितको क्षमताभन्दा धेरै प्रिमियम तिरेर बीमा गराइदिने तर बीमितिले प्रिमियम नियमित गर्न नसकेर सरेन्डरमा गएको उदाहरण बढी देखिएको छ। दुई वर्षसम्म पनि तिर्न नसक्नेलाई भने सरेन्डर गर्न समेत दिइँदैन। यस्तो अवस्थामा उनीहरूले सबै प्रिमियम गुमाउनुपर्ने अवस्था अहिले छ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै