कृष्णपुरमा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता सुरु हुँदै

कञ्चनपुर – कञ्चनपुरको कृष्णपुर नगरपालिकामा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता पुस २३ गतेदेखि सुरु हुँदैछ।

कृष्णपुर नगरपालिका–२ वाणीस्थित सरस्वती माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना हुने यस प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भएको नगरपालिकाले जानकारी दिएको छ। प्रतियोगितामा नगरभरिको २६ विद्यालयहरूको सहभागिता रहनेछ।

यस कार्यक्रमको उद्घाटन सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला मन्त्री बहादुर सिंह थापाको प्रमुख आतिथ्यतामा हुनेछ।

प्रतियोगिताले विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा टेवा पुर्‍याउने विश्वास लिइएको छ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै