धनगढीमा सीप तथा रोजगार मेला हुने : १२ सय युवालाई तालिमसहित रोजगारीको अवसर

धनगढी । धनगढी उप महानगरपालिकाले आगामी माघ २१ गतेदेखि सुदूरपश्चिम प्रदेशभरिका युवाहरूलाई लक्षित गर्दै सीप तथा रोजगार मेला २०८१ संचालन गर्न लागेको छ। सुदूरपश्चिम प्रदेश भरीका युवाहरूलाई सीपमूलक तालिम प्रदान गरी आन्तरिक श्रम बजारमा अवसरहरू सिर्जना गर्न मेला आयोजना गर्न लागिएको जनाइएको छ ।

मेलाअन्तर्गत १२ सय युवाहरूलाई रोजगारीमा समावेश गर्न सहयोग पुग्ने व्यावसायिक सीप तालिम प्रदान गरिनेछ। तालिममा सहभागी हुन इच्छुक व्यक्तिहरूले अनलाइन फाराम क्यूआर स्क्यानरमार्फत भर्न सक्नेछन्। साथै, म्यानुअल फाराम भर्न चाहनेहरूले सम्बन्धित स्थानीय तहको रोजगार सेवा केन्द्रमा सम्पर्क गर्न सक्नेछन्।

धनगढी उप-महानगरपालिकाले यस पहलमार्फत युवाहरूलाई दक्ष बनाउँदै रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य लिएको छ। कार्यक्रमको थप जानकारी र सहभागिताका लागि इच्छुक सबैलाई समयमै फाराम भर्न आग्रह गरिएको छ।

 

 

 

 

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै