शारदा फुटबल लिगको मूख्य प्रायोजकमा काठमाडौंको ओसन पब्लिकेसन

धनगढी । काठमाडौंको ओसन पब्लिकेसन प्रा.लि शारदा फुटबल लिगमा मूख्य प्रायोजकको रुपमा जोडिएको छ । शुक्रबार ओसन पब्लिकेसन र आयोजक शारदा विद्या निकेतन वीच मूख्य प्रायोजन सम्बन्धि सम्झौता भएको प्रतियोगिता संयोजक कृष्ण पुजाराले जानकारी दिए ।

गोदावरी नगरपालिका वडा नम्बर ८ स्याउले बजारमा रहेको शारदा विद्या निकेतनको आयोजनामा आगामी माघ १२ गतेदेखि १८ गतेसम्म हुने फुटबल प्रतियोगितामा मूख्य प्रायोजकको रुपमा ओसन पब्लिकेसन जोडिएको हो । मूख्य प्रायोजकको रुपमा ओसन जोडिए संगै प्रतियोगिताको नाम पनि परिवर्तन गरिएको छ । यस अघि शारदा फुटबल लिग भनिएकोमा अब ओसन पब्लिकेसन शारदा फुटबल लिग नामकरण गरिएको संयोजक पुजाराले बताए ।

ओसन पब्लिकेसन शारदा फुटबल लिगको विजेताले नगद रु ५० हजार,उपविजेताले २५ हजार,सर्वोत्कृष्ट खेलाडीले ३ हजार पुरस्कार प्रदान गरिने जनाइएको छ । साथै उत्कृष्ट गोल रक्षक,सर्वाधिक गोलकर्ता र उदयमान खेलाडीलाई जनही १५ सय नगद पुरस्कार दिइने जनाइएको छ । प्रतियोगितामा सहभागिताका लागि माघ ८ गतेसम्म टिम दर्ता गर्न सकिने छ भने टिम दर्ता शुल्क १० हजार निर्धारण गरिएको छ ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै