धनगढी लेडी जेसिजको पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह सम्पन्न

धनगढी । धनगढी लेडी जेसिजको ११औँ पद हस्तान्तरण तथा पुरस्कार वितरण समारोह शुक्रबार धनगढीमा भव्य रूपमा सम्पन्न भएको छ।

वर्ष २०२४ की अध्यक्ष सुशिला निरौलाले वर्ष २०२५ की अध्यक्ष निता चौधरीलाई पद हस्तान्तरण गर्दै शपथ खुवाइन्। त्यसपछि अध्यक्ष चौधरीले नयाँ कार्यसमिती सदस्यहरूलाई शपथ खुवाउँदै आफ्नो कार्यकालको शुभारम्भ गरिन्।

वर्ष २०२५ को कार्यसमितीमा कार्यकारी उपाध्यक्ष अस्मी धामी र मिना जोशी रहेका छन्। उपाध्यक्षहरूमा बेबी कैशली विश्वकर्मा, रिता चौधरी, ऐलीजा राना मगर, र शान्ति सिंह चयन भएका छन्। महासचिवमा शोभा भट्ट गुरुङ, सचिवमा स्मृति झा, र कोषाध्यक्षमा कञ्चन खडायत छन्।

कार्यसमिती सदस्यहरूमा नेहा सोनम, स्मृति जैरू, दिण्य उपाध्याय, आशा भट्ट, ईश्वरी भण्डारी, बिन्दू चौधरी, र मिनु चौधरी रहेका छन्।

समारोहमा प्रमुख अतिथिका रूपमा सुदूरपश्चिम प्रदेश सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री निर्मला देवी साउद उपस्थित थिइन्। उनले नयाँ कार्यसमितीलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेतृत्वले समाजसेवामा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिन्।

यस समारोहले नेतृत्व हस्तान्तरणसँगै लेडी जेसिजको आगामी कार्यसूचीहरूलाई प्रभावकारी रूपमा अघि बढाउने लक्ष्य राखेको छ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै