
धनगढी । धनगढी स्थित चटकपुरमा रहेको सिपी अस्पताल प्रालिले यही माघ १३ गतेदेखि माघ १८ गतेसम्म निशुल्क मृगौला तथा मुत्ररोग परिक्षण शिविर संचालन गर्ने भएको छ । ६ दिनसम्म चल्ने निशुल्क परिक्षण शिविरमा कन्सल्टेन्ट,युरोसर्जन डा.विभुषित मतहले मृगौला तथा मुत्ररोग सम्बन्धि विभिन्न समस्या भएका विरामीको चेक,जाँच तथा उपचार गर्ने जनाइएको छ ।
मानिसहरुले मृगौला तथा मुत्र रोग सम्बन्धि देखिएका सुरुवाती लक्ष्यणहरुलाई आर्थिक अभाव तथा चेतनाको कमीले वेवास्था गर्दा विस्तारै रोगले च्याप्दै जाने र रोग जटिल अवस्था पुग्ने समस्यालाई मध्यनजर गर्दै गरिब,विपन्न तथा कमजोर आर्थीक अवस्था भएका विरामीको मृगौला तथा मुत्ररोग सम्बन्धि समस्याको समयमै पहिचान गरि उपचार गराउने उद्देश्यले निशुल्क परिक्षण शिविर आयोजना गर्न लागिएको अस्पताल प्रशाशन प्रमुख हेम जोशीले जानकारी दिए ।
शिविरमा मृगौल तथा पिसाव सम्बन्धि समस्या भएका विरामीहरुमा देखिने पेट दुख्ने,कोखा दुखाई,पिसाब पोल्ने,पिसावमा रगत आउने,छिनछिनमा पिसा लागिराख्ने लक्ष्यण भएका विरामीको चेक जाँच तथा उपचार गरिने मृगौला तथा मुत्ररोग विशेषज्ञ डाक्टर विभुषित मतहले बताए ।
शिविरमा आउने विरामीलाई निशुल्क ओपिडी परार्मश,रगत तथा पिसाब जाँचमा विशेष छुट र अप्रेसनमा छुट दिइने अस्पाताले जानकारी दिएको छ । शिविर विहान १० बजेदेखि ३ बजेसम्म संचालन हुने बताइएको छ ।