फूलवारीका ट्राफिक इन्चार्ज सिद्धराज बिष्टको भव्य विदाई

धनगढी । धनगढीको फूलवारी क्षेत्रमा रहेको अस्थायी ट्राफिक प्रहरी पोष्टका इन्चार्ज सिद्धराज बिष्ट सहित उनको टोलीलाई मंगलबार भव्य विदाई गरिएको छ।

फूलवारी पच्चिस घर बजार व्यवस्थापन समिति र इलाका प्रहरी कार्यालय बहुलियाले बिष्टको नौ महिनाको कार्यकालका क्रममा ट्राफिक सचेतनामा पुर्‍याएको योगदानको सम्मानस्वरूप विदाई कार्यक्रमको आयोजना गरेको हो। बिष्ट धनगढी सरुवा भएका छन्।

इन्चार्ज बिष्टले फूलवारी र कैलारी क्षेत्रका सडकमा ट्राफीक व्यवस्थापन, ट्राफिक सचेतना, विद्यालयमा अभिमुखीकरण कक्षा, जेब्राक्रसिंग निर्माण, साइकल यात्री तथा मोटरसाइकल चालकलाई नियमको जानकारी दिने र पच्चिस घर बजारमा अटो पार्किङ निर्माण लगायतका उल्लेखनीय कार्य गरेका थिए। उनकै पहलमा कैलारी गाउँपालिकाको हसुलियामा अस्थायी ट्राफिक पोष्ट स्थापना गरिएको छ।

बजार व्यवस्थापन समितिका उपसचिव दिपेन्द्र पोखरेलका अनुसार बिष्टको योगदानले फूलवारी र कैलारी क्षेत्रको ट्राफिक व्यवस्थापन र जनचेतनामा सकारात्मक परिवर्तन ल्याएको छ। स्थानीय बासिन्दाले पनि बिष्टको नेतृत्वको प्रशंसा गर्दै विदाई गरेका छन्।

केही दिन पहिला जिल्ला ट्राफीक प्रहरी कार्यालय कैलालीले बिष्टको धनगढीको त्रिनगरमा सरुवा गरेको थियो ।

 

 

 

 

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै