धनगढीको फुलवारीमा प्रदेशकै नमुना गुम्बा निर्माण हुँदै

धनगढी । धनगढी उपमहानगरपालिका–१४ फूलबारीमा प्रदेशकै ठुलो र नमुना दोर्जे टाँसी छोलिङ गुम्बा निर्माण भइरहेको छ। स्थानीय बौद्ध धर्मावलम्बीको पहिचानसँग जोडिएको उक्त गुम्बा करिब ६० लाख रुपैयाँको लागतमा निर्माणाधीन रहेको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर गोलेले जानकारी दिए।

उनका अनुसार गुम्बाको पुनर्निर्माणका लागि धनगढी उपमहानगरपालिकाले ९ लाख रुपैयाँ बजेट उपलब्ध गराएको छ भने थप १ लाख उपभोक्ता समितिबाट खर्च गर्ने योजना रहेको छ। यसअघि पूर्वसांसद पुस्करनाथ ओझाको सांसद विकास कोषबाट ९ लाख रुपैयाँ प्राप्त भएपछि भुइँतलाको निर्माण कार्य सम्पन्न गरिएको थियो।

गुम्बाको भुइँतलालाई सभाहलका रूपमा प्रयोग गरिनेछ भने माथिल्लो तलालाई पूजा स्थल बनाइएको छ। गुम्बा निर्माणका लागि आवश्यक बजेट स्थानीय, सरकारी सहयोग तथा चन्दा संकलनमार्फत जुटाइएको छ। गुम्बामा कलात्मक बुट्टा, चित्र र धार्मिक चिन्ह स्थानीय युवा कलाकारहरूद्वारा निर्माण भइरहेको छ।

गुम्बाका लामा थोप्पा लामाका अनुसार यस गुम्बामा फूलबारी क्षेत्रभरिकै बौद्धमार्गीहरू पूजाअर्चनाका लागि आउने गरेका छन्।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै