धनगढीमा ८० करोडको अत्याधुनिक बसपार्क निर्माण हुँदै, ३०० गाडी अट्ने

धनगढी । धनगढी उपमहानगरपालिकाले झन्डै ८० करोड लागतमा अत्याधुनिक बसपार्क निर्माण गर्ने भएको छ। धनगढी-३ कालिकानगर पश्चिम क्षेत्रको खाली जग्गामा बन्ने बसपार्कमा ३०० गाडी अट्ने क्षमता हुनेछ।

नगर विकास कोषको ८० प्रतिशत र उपमहानगरपालिकाको २० प्रतिशत लगानीमा निर्माण हुने बसपार्कमा लामो तथा छोटो दुरीका बस, नगर बस र अटोका लागि स्थान छुट्याइने छ। बसपार्कमा दुई तलाको भवनसहित प्रतिक्षालय, प्रहरी चौकी, स्तनपान कक्ष, १० शय्याको अस्पताल, बैठक कक्ष र स्पा समेत रहनेछ।

परियोजनाको प्रारम्भिक वातावरणीय प्रभाव मूल्याङ्कन (IEE) प्रक्रिया जारी छ। बसपार्क निर्माणका लागि पाँच हेक्टर जग्गा आवश्यक पर्नेछ, जसको स्वीकृति संघीय वन तथा वातावरण मन्त्रालयबाट लिनुपर्नेछ।

२५ वर्षका लागि नगर विकास कोषबाट ८ प्रतिशत ब्याजदरमा ऋण लिने तयारी गरिएको छ। बसपार्कबाट वार्षिक १३ करोड ६६ लाख आम्दानी हुने अनुमान गरिएको छ, जसबाट ८ वर्षमै ऋण चुक्ता गर्न सकिने धनगढी उपमहानगरपालिकाले जनाएको छ। चैत/वैशाखमा बसपार्कको शिलान्यास गरिने लक्ष्य राखिएको छ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै