श्री पञ्चमीको अवसरमा राइजिङ स्टार बोर्डिङ स्कुलमा निःशुल्क भर्ना कार्यक्रम

धनगढी, माघ २०— श्री पञ्चमी तथा सरस्वती पूजाको पावन अवसरमा धनगढी उपमहानगरपालिका–६ मटियारीमा अवस्थित राइजिङ स्टार बोर्डिङ स्कुलले विशेष पूजा आराधना तथा प्रसाद ग्रहण कार्यक्रम आयोजना गर्ने भएको छ।

विद्यालयले मिति २०८१ माघ २१ गते हुने उक्त कार्यक्रममा सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षाप्रेमी, समाजसेवी, बुद्धिजीवी, भलमानस तथा शुभेच्छुकहरूलाई गरिमामय उपस्थितिका लागि सादर अनुरोध गरेको छ।

यसै अवसरमा विद्यालयले पी.जी. देखि यू.के.जी. सम्मका नयाँ विद्यार्थीहरूका लागि निःशुल्क भर्ना कार्यक्रम सुरु गरेको जानकारी गराएको छ। विद्यालयका अनुसार यस कार्यक्रममार्फत गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीहरूलाई उज्जवल भविष्य निर्माणमा टेवा पुर्‍याउने लक्ष्य लिइएको छ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै