ओलीले ढाँटछल र जालझेल गर्नुसम्म गरे, यस्ता मान्छे प्रधानमन्त्री भएर देश बन्दैनस् प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले जस्तो जालीझेली र ढाँटछल अरु कसैले गर्न नसक्ने बताएका छन् ।

म्याग्दीको बेनीमा आयोजित खबरदारीसभालाई सम्बोधन गर्दै उनले ओली संविधानविपरीत प्रधानमन्त्री बनेको आरोप लगाए ।

आफूले प्रतिनिधिसभामा विश्वासको मत नपाएपछि ठूलो दलको हैसियतले कांग्रेस सभापति प्रधानमन्त्री बन्नुपर्नेमा संविधान मिचेर ओलीलाई बनाइएको प्रचण्डले दाबी गरे ।

उनले भने, ‘यो गठबन्धन बनाउने बेलामा एमालेको नेता, जो अहिले प्रधानमन्त्री हुनुहुन्छ । उहाँले यति धेरै ढाँटछल, जालझेल गर्नुभयो । मलाई त गर्नसम्म गर्नुभयो । तपाईंहरुले सुन्नुभएकै छ स्वर्ग र नर्कको कुरा । उहाँ हस्ताक्षर गरेर आएर गरेकै छैन भन्ने, यस्तो जालीझेली, यस्तो फटाहा मान्छे प्रधानमन्त्री भएपछि देशले सुख पाउँछ त रु देशको लागि यो भन्दा ठूलो दुर्भाग्य के होला ।’

प्रचण्डले बाहिर कांग्रेस र एमाले मिलेर सरकार बनाए पनि बिचौलिया र दलालहरुले बनाएको आरोप लगाए ।

उनले भ्रष्टाचारविरुद्धको अभियान चलाएपछि कांग्रेस(एमालेका ठूला नेताहरु पर्ने देखेपछि रातारात मिलेको दाबी गरे ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै