फूलबारी क्याम्पसद्वारा ७ बुँदे मागसहित परराष्ट्र मन्त्री डा.आरजु राणा देउवा मार्फत् सरकारलाई ध्यानाकर्षण पत्र

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–१८ मा रहेको फूलबारी बहुमुखी क्याम्पसले तलब व्यवस्थापन, जग्गा भोगाधिकार र विश्वविद्यालयीकरणको माग राख्दै परराष्ट्र मन्त्री डा। आरजु राणा मार्फत नेपाल सरकारलाई ७ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ।

शनिबार क्याम्पसमा आयोजित कार्यक्रममा परराष्ट्र मन्त्री राणा मार्फत क्याम्पस प्रशासनले सरकारको ध्यानाकर्षण गराउँदै शिक्षक तथा कर्मचारीलाई तलब उपलब्ध गराउन एकमुष्ठ दुई करोड रुपैयाँ अनुदान दिन आग्रह गरेको छ।

ध्यानाकर्षण पत्रमा क्याम्पसको चार बिघा जग्गाको भोगाधिकार नामसारी, विश्वविद्यालयको आंगिक क्याम्पसका रूपमा विकास, विद्यार्थीहरूका लागि बस सेवा, र सौर्य ऊर्जा जडानका लागि सहजीकरण गर्न माग गरिएको छ।

क्याम्पस प्रशासनले दीर्घकालीन अनुदान नीति निर्माणको आवश्यकता औंल्याउँदै विश्वविद्यालयमा समायोजन हुनुपर्ने बताएको छ। क्याम्पस प्रमुख बम बहादुर बमले संघीय, प्रदेश, र स्थानीय सरकारको असहयोगका कारण क्याम्पसको अस्तित्व सङ्कटमा परेको बताए।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष कुम्भ गिरीले फूलबारी बहुमुखी क्याम्पसलाई ूछोरी–बुहारी पढ्ने क्याम्पसू भन्दै यस संस्थाले ग्रामीण क्षेत्रका महिलाहरूलाई उच्च शिक्षाको अवसर प्रदान गर्दै आएको उल्लेख गरे। उनले सम्पन्न वर्गका परिवारका छोराछोरी शहरका प्रतिष्ठित संस्थाहरूमा जाने प्रवृत्तिका कारण यहाँ अध्ययन गर्ने विद्यार्थीमध्ये करिब ७५ प्रतिशत स्थानीय छोरी–बुहारी रहेको बताए। उच्च शिक्षाको पहुँच सुनिश्चित गर्न फूलबारी क्याम्पसको अस्तित्व जोगाउनु अपरिहार्य रहेको उल्लेख गर्दै उनले परराष्ट्र मन्त्री डा। आरजु राणा देउवा मार्फत सरकार संग क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसका रूपमा समायोजन गर्न आग्रह गरे।

मन्त्री आरजु राणा देउवाले क्याम्पसका मागहरु सम्बोधन गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

 

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै