कैलाली क्याम्पसका पूर्व प्रमुख हेमराज पन्तलाई भोलि नागरिक अभिनन्दन गरिँदै

धनगढी । कैलाली बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्राध्यापक डा. हेमराज पन्तलाई भोलि नागरिक अभिनन्दन गरिने भएको छ। धनगढी उपमहानगरपालिकाको संयोजनमा शनिबार बिहान ८ बजे ट्राफिक चौराहबाट सुरु हुने र्‍यालीमार्फत उनलाई पार्कमोडसम्म सम्मानपूर्वक ल्याइने छ, जहाँ औपचारिक कार्यक्रम आयोजना गरिनेछ।

धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालका अनुसार शिक्षा क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप प्राध्यापक पन्तलाई नागरिक अभिनन्दन गर्न लागिएको हो। पन्तले २०३७ सालदेखि कैलाली क्याम्पसमा अध्यापन सुरु गरेका थिए। उनको पहलमा कैलाली वाणिज्य क्याम्पस स्थापना भई २०३८ सालमा कैलाली बहुमुखी क्याम्पसका रूपमा विकास भएको थियो।

भारतबाट विद्यावारिधि गरेका पन्त २०४५ सालमा कैलाली बहुमुखी क्याम्पसको प्रमुख नियुक्त भएका थिए र २०६६ सालसम्म उक्त जिम्मेवारी सम्हालेका थिए। साथै, उनी २०६८ सालमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको पहिलो रजिस्ट्रारसमेत बनेका थिए।

सुदूरपश्चिमको शिक्षाक्षेत्रमा दीर्घकालीन योगदान दिएका पन्तलाई नगरपालिकाले विशेष सम्मानस्वरूप नागरिक अभिनन्दन गर्न लागेको हो।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै