वार्षिकोत्सवको पूर्वसन्ध्यामा चैतन्य पाठशालाद्वारा मानवसेवा केन्द्रित कार्यक्रम सम्पन्न

धनगढी – ज्ञानको उत्सव र सहृदयताको सम्मानु भन्ने मूल नाराका साथ चैतन्य पाठशालाले वार्षिकोत्सवको पूर्वसन्ध्यामा मानवसेवा केन्द्रित विविध कार्यक्रमको आयोजना गरेको छ। शिक्षा र संस्कारको सङ्गम, वेद र विज्ञानको संयोजन, तथा प्रकृति र संस्कृतिको सम्मानलाई मूर्त रूप दिँदै विद्यालयले समुदाय र सम्पदा सरसफाइ, सरसफाइ सामग्री वितरण, रक्तदान, तथा निःशुल्क दन्त, आँखा र सामान्य स्वास्थ्य परीक्षणको आयोजना गरेको हो।

धनगढी रक्तदान केन्द्रको प्राविधिक सहयोग र स्वास्थ्य दूत दिपकप्रसाद उपाध्यायको संयोजनमा आयोजित कार्यक्रममा ुरक्तदान जीवनदान, मानवसेवाका लागि चैतन्य अभियानु भन्ने भावका साथ १२२ जनाको सामान्य स्वास्थ्य परीक्षण, १०२ जनाको आँखा जाँच, र १५ जनाले रक्तदान गरेको विद्यालयका प्रधानाध्यापक कटकबहादुर सिंहले जानकारी दिए ।

चैतन्यका विद्यार्थीहरुले शिवपुरी धामको सरसफाई गरेका थिए । विद्यालयले यस्ता मानवसेवा केन्द्रित कार्यक्रमहरू भविष्यमा पनि निरन्तर आयोजना गर्दै जाने प्रतिवद्धता व्यक्त गरेको छ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै