भ्यालेन्टाइन्स अफर: वाईफाई नेपालबाट दुई महिना निःशुल्क इन्टरनेट, मासिक ३५३ रुपैयाँमै ५० एमबीपीएस

काठमाडौं । नेपालमा सस्तो इन्टरनेट सेवा प्रदान गर्दै आएको वाईफाई नेपालले भ्यालेन्टाइन्स अफर सार्वजनिक गरेको छ। कम्पनीले फागुन १ गतेदेखि चैत्र ४ गतेसम्म लागु हुने गरी विशेष अफर ल्याएको हो।

भ्यालेन्टाइन्स अफर अन्तर्गत, वाईफाई नेपालको प्याकेज जडान गर्दा ग्राहकहरूको दुवै हातमा लड्डु हुनेछ। कुनै पनि व्यक्तिलाई इन्टरनेट जडानको लागि सिफारिस गर्दा अफर गर्ने व्यक्ति र नयाँ जडान गर्ने दुवै जनाले दुई महिनाको निःशुल्क इन्टरनेट पाउनेछन्।

कम्पनीले मासिक ३६६ रुपैयाँमा ५० एमबीपीएस र ५३३ रुपैयाँमा ८० एमबीपीएस गतिको इन्टरनेट प्याकेज उपलब्ध गराइरहेको छ। नयाँ जडानका लागि न्यूनतम तीन महिनाको शुल्क भुक्तानी गर्नुपर्नेछ।

वाईफाई नेपालले दीर्घकालीन ग्राहकहरूका लागि पनि आकर्षक योजना ल्याएको छ। २४ महिने (दुई वर्षे) प्याकेजमा, ५० एमबीपीएसको इन्टरनेट ८,४७५ रुपैयाँमा र ८० एमबीपीएसको इन्टरनेट ११,८६५ रुपैयाँमा उपलब्ध छ। यसरी, मासिक हिसाब गर्दा ५० एमबीपीएसको लागि ३५३ रुपैयाँ र ८० एमबीपीएसको लागि ४९४ रुपैयाँ पर्न आउँछ।

एक वर्षे (१२ महिने) प्याकेजमा, ५० एमबीपीएसको लागि ६,२१५ रुपैयाँ र ८० एमबीपीएसको लागि ८,४७५ रुपैयाँ लाग्नेछ। मासिक हिसाब गर्दा ५० एमबीपीएसको लागि ५१८ रुपैयाँ र ८० एमबीपीएसको लागि ७०६ रुपैयाँ पर्नेछ।

यी प्याकेजहरूमा इन्टरनेट शुल्क, राउटर शुल्क, र १३% कर समावेश गरिएको छ। ग्राहकहरूका लागि कनेक्सन चार्ज र फाइबर केबल शुल्क लाग्ने छैन। पुराना ग्राहकहरूले पनि यी अफरहरू लिन सक्नेछन्, तर उनीहरूको लागि शुल्कमा केही भिन्नता हुनसक्छ।

वाईफाई नेपालको नयाँ अफरले नेपालका इन्टरनेट प्रयोगकर्ताहरूलाई सस्तो दरमा उच्च गतिको सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै