कैलालीका १३ स्थानीय तहमध्ये कार्यसम्पादनमा धनगढी पहिलो

धनगढी, माघ ३० – कैलालीका १३ स्थानीय तहहरूको कार्यसम्पादन मूल्याङ्कनमा धनगढी उपमहानगरपालिका पहिलो स्थानमा रहेको छ। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को मूल्याङ्कनमा धनगढीले ६३.३ अंक प्राप्त गर्दै शीर्ष स्थान हासिल गरेको हो।

यो मूल्याङ्कनमा जानकी गाउँपालिकाले ६३.१ अंक प्राप्त गर्दै दोस्रो स्थान हासिल गरेको छ भने बर्दगोरिया गाउँपालिका ६२.७ अंकसहित तेस्रो स्थानमा छ। चौथो स्थानमा घोडाघोडी नगरपालिका (६२.७ अंक) र पाँचौँ स्थानमा गोदावरी नगरपालिका (५८.७ अंक) रहेको छ।

छैटौँ स्थानमा ५४.६ अंकसहित कैलारी गाउँपालिका, सातौँ स्थानमा ५२.७ अंकसहित टीकापुर नगरपालिका, आठौँ स्थानमा ५०.४ अंकसहित जोशीपुर गाउँपालिका, नवौँ स्थानमा ४७.१ अंकसहित गौरीगंगा नगरपालिका, र दशौँ स्थानमा ४७.१ अंकसहित भजनी नगरपालिका परेका छन्।

यसैगरी, लम्की चुहा नगरपालिकाले ४४.४ अंक, मोहन्याल गाउँपालिकाले ४०.५ अंक र चुरे गाउँपालिकाले ३९.२ अंक प्राप्त गर्दै सूचीको अन्तिम तीन स्थानमा रहेका छन्।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले कार्यसम्पादन मूल्याङ्कनको आधारमा प्रदेश सरकार र स्थानीय तहले प्राप्त गरेको अंक विवरण सार्वजनिक गरेको हो। आयोगले मूल्याङ्कन प्रतिवेदनप्रति चित्त नबुझे ७ दिनभित्र आवश्यक प्रमाणसहित पुनरावलोकनका लागि उजुरी दिन सकिने जनाएको छ।

सम्बन्धित समाचार

सबै

ताजा अपडेट

सबै

राजनीति

सबै